अमेरिकाका दुवै सदन—हाउस अफ रिप्रेजेन्टेटिभ्स र सिनेट—ले न्याय विभागलाई जेफ्री एपस्टीनसँग सम्बन्धित सबै फाइल सार्वजनिक गर्न आदेश दिने विधेयकमा सहमति जनाएका छन्।हाउस अफ रिप्रेजेन्टेटिभ्सले यो विधेयक ४२७–१ मतले पारित गर्यो, जबकि सिनेटले कुनै औपचारिक मतदान नगरी सर्वसम्मतिको आधारमा पारित गर्यो।
अब यो विधेयक राष्ट्रपति डोनाल्ड ट्रम्पकहाँ कानुनका रूपमा हस्ताक्षरका लागि जानेछ। एपस्टीन यौन शोषणका मुद्दामा दोषी ठहर भएका थिए र २०१९ मा उनको मृत्यु भएको थियो।
हालै एपस्टीनका सम्पत्तिबाट बरामद कागजातका आधारमा अमेरिकी हाउस ओभरसाइट कमिटीले २०,००० भन्दा बढी पृष्ठका दस्तावेज सार्वजनिक गरेको थियो। तिनमध्ये केहीमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि उल्लेख छ।
ट्रम्प र एपस्टीनबीच धेरै वर्षसम्म मैत्रीपूर्ण सम्बन्ध रहेका थे, तर ट्रम्पले २००० को दशकको सुरुआतमा उनीसँग सम्बन्ध तोडेका दाबी गर्दै आएका छन्। उनले एपस्टीनको यौन शोषण वा मानव तस्करीसँग सम्बन्ध भएको आरोप सधैं अस्वीकार गरेका छन्।
ट्रम्पले एपस्टीन सम्बन्धी सबै फाइल सार्वजनिक गर्न पक्षमा मतदान गर्न आफ्नै पार्टीका सांसदहरूलाई आग्रह गरेका थिए।
ट्रम्पले आइतबार राति लेखेका थिए कि रिपब्लिकन सांसदहरूले यसका पक्षमा मतदान गर्नुपर्छ, “किनकि हाम्रो लुकाउने केही छैन।” तर यसअघि उनले यी फाइल सम्बन्धी मतदानलाई डेमोक्र्याटिक पार्टीको ध्यान भटकाउने चाल भनेका थिए। एजेन्सी
प्रकाशित: ३ मंसिर २०८२ १०:०२ बुधबार