अन्तर्राष्ट्रिय

अमेरिकी सैन्य अड्डा प्रयोग गर्न अस्वीकार गर्ने स्पेनलाई ट्रम्पको धम्की

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार बन्द गर्ने धम्की दिएका छन्।

स्पेनले इरानमा जारी कारबाहीका लागि अमेरिकालाई आफ्नो सैन्य आधार प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि ट्रम्पबाट उक्त धम्की आएको हो।

ह्वाइट हाउसमा कुराकानीका क्रममा ट्रम्पले स्पेनको कडा आलोचना गर्दै स्पेनको मनोवृत्ति 'धेरै खराब' भएको बताए।

उनले भने, 'हामी स्पेनसँगको सबै व्यापार रोक्न सक्छौं। हामी स्पेनसँग कुनै सम्बन्ध राख्न चाहँदैनौं।'

यद्यपि, ट्रम्प प्रशासनले यो धम्की कार्यान्वयन गर्छ कि गर्दैन भन्ने कुरा स्पष्ट छैन। यदि त्यसो हो भने, ईयू सदस्य स्पेनसँगको व्यापार रोक्न के कदम चालिनेछ भन्ने कुरा स्पष्ट छैन।

ट्रम्पको यो भनाइले दुई देशबिच पहिलेदेखि नै रहेको तनावलाई अझ बढाउन सक्छ। स्पेनले यसअघि नेटो सहयोगीहरूबाट रक्षा खर्च बढाउने ट्रम्पको मागको विरोध गरिसकेको छ।

प्रकाशित: २० फाल्गुन २०८२ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App