अन्तर्राष्ट्रिय

ट्रम्पले भने : मोदीले रुसबाट तेल किन्न लगभग बन्द गरे, उनी मेरा साथी हुन्

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै भारत भ्रमण गर्ने बताएका छन्।

'प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल किन्न लगभग बन्द गरिसक्नुभएको छ। उहाँ मेरो साथी हुनुहुन्छ। म उहाँसँग कुरा गर्नेछु। उहाँ मलाई भारत लान चाहनुहुन्छ। हामी यो कुरा मिलाउनेछौं,' उनले बिहीबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा भने।

ट्रम्पले फेरि एक पटक भारत र पाकिस्तानबीचको युद्ध आफूले रोकेको दाबी गरेका छन्।

उनले भने कि उनले भारत र पाकिस्तान बीचको द्वन्द्व रोक्न 'ट्यारिफलाई हतियारको रूपमा प्रयोग गरेका थिए'। उनको 'हस्तक्षेप' ले २४ घण्टाभित्र द्वन्द्व समाप्त गर्यो।

प्रकाशित: २१ कार्तिक २०८२ ०८:१९ शुक्रबार