अन्तर्राष्ट्रिय

हुथीको निशानामा साउदीको मक्का, हवाई क्षेत्रमा प्रवेश गर्नुअघि ड्रोन खसालियो

साउदी अरबको वायु प्रतिरक्षाले मक्काको हवाई क्षेत्रमा प्रवेश गर्न खोजेको हुथी ड्रोनलाई रोकेको बताएको छ।

साउदी नेतृत्वको यमनसम्बन्धी गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मलिकीका अनुसार स्थानीय समयअनुसार मंगलबार साँझ ६:५० बजे मक्काको दक्षिणमा ड्रोन रोकिएको हो।

अल-मलिकीले मक्काको हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै ड्रोन नष्ट गरिएको बताए। उनले दुई पवित्र मस्जिद र तीर्थयात्रीको सुरक्षा ‘रातो रेखा’ भएको बताउँदै थप आक्रमण रोक्न आवश्यक र निवारक उपाय अपनाउन नहिचकिचाउने बताए।

उनका अनुसार सन् २०१७ मा पनि हुथी समूहले मक्कातर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्र साउदी वायु प्रतिरक्षाले रोकेको थियो।

सोमबार हुथी समूहले खामिस मुशैत, आभा र तैफका नागरिक क्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गर्दा १३ जना घाइते भएका थिए। गत साता साउदी अरबका विभिन्न क्षेत्रमा भएका आक्रमणमा महिला र बालबालिकासहित ७० भन्दा बढी घाइते भएका थिए।

प्रकाशित: ३१ भाद्र २०८३ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App