अन्तर्राष्ट्रिय

भारतका रक्षामन्त्रीले ‘सिन्ध फेरि भारतमा आउन सक्छ’ भनेपछि भड्कियो पाकिस्तान

भारत र पाकिस्तानबिचको तनाव फेरि बढेको छ। 

भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीमा सिन्धी समुदायको कार्यक्रममा भने, ‘आज सिन्धको भूमि भारतको हिस्सा नहुन सक्छ, तर सभ्यताको दृष्टिकोणबाट सिन्ध सधैँ भारतको हिस्सा रहनेछ। सीमाहरू परिवर्तन हुन सक्छन्। कसलाई थाहा छ, भोलि सिन्ध भारतमा फर्कन सक्छ।’

उनले भाजपा नेता लालकृष्ण आडवाणीको भनाइ उद्धृत गर्दै थपे, ‘सिन्धी हिन्दुहरू अझै पनि सिन्ध भारतबाट अलग भएको स्वीकार गर्न सकिरहेका छैनन्। सिन्धु नदीलाई हामीले जति पवित्र मान्छौँ, सिन्धका धेरै मुस्लिमले पनि मक्काको जम्जमभन्दा कम पवित्र ठान्दैनथे।’

यो बयानपछि पाकिस्तानको विदेश मन्त्रालयले कडा बयान जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानले भारतीय रक्षामन्त्रीको सिन्ध प्रान्तबारे भ्रमपूर्ण र खतरनाक संशोधनवादी टिप्पणीको कडा निन्दा गर्छ। यस्तो बयानले विस्तारवादी हिन्दुत्व मानसिकता झल्काउँछ र अन्तर्राष्ट्रिय कानुन तथा मान्यता प्राप्त सीमाको उल्लङ्घन हो।’

पाकिस्तानले थपेको छ, ‘हामी भारतीय नेताहरूलाई क्षेत्रीय शान्ति खलबलाउने उत्तेजक अभिव्यक्ति नगर्न चेतावनी दिन्छौँ। भारतले आफ्ना कमजोर अल्पसंख्यक समुदायको सुरक्षामा ध्यान देओस्।’ एजेन्सी 

प्रकाशित: ८ मंसिर २०८२ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App