अन्तर्राष्ट्रिय

सुहागरातमा दुलहीले सानो बल्ब मागिन्, लिन गएका दुलहा ५ दिनपछि यस्तो हालतमा भेटिए

भारत, उत्तर प्रदेशको मेरठमा एउटा अनौठो घटना देखा परेको छ। मोहसिन उर्फ मोनु आफ्नै विवाहको रात १२ बजे कोठाबाट निस्केर पाँच दिनपछि सम्पर्कमा आएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार दुलहीले उनलाई एउटा सानो बल्ब ल्याउन भनेकी थिइन्। त्यही बहानामा बाहिर गएका उनी पाँच दिनसम्म हराए। अब उनी हरिद्वारमा सकुशल फेला परेका छन्। मोहसिनले प्रहरीसँग दुलही देखेर डराएको प्रतिक्रिया दिएका छन्। सोहीकारण उनी घरबाट निस्केर हिँडेका थिए। तर पाँच दिनपछि परिवारको सम्पर्कमा आएका हुन्।

विवाह मुजफ्फरनगरको खतौलीमा भएको थियो। दुलहीसँग घर फर्केपछि राति कोठामा दुलहीले दूध दिँदै भनिन्, ‘कोठा धेरै उज्यालो छ, सानो बल्ब ल्याइदेऊ।’ मोनु त्यहीँबाट निस्केका थिए। उनी मानसिक तनाव वा आत्तिएका कारण घर छोडेर गएका थिए।

भोलिपल्ट उनका दुई दिदीबहिनीको पनि बिहे थियो। तर उनीबिना नै बिहे सम्पन्न भयो। पाँच दिनसम्म मोनुको कुनै अत्तोपत्तो नभएपछि परिवारले प्रहरीमा हराएको उजुरी दर्ता गराएको थियो। प्रहरीले गंगा नहर आसपास र नजिकैको सिसिटिभी फुटेज जाँच गरेको थियो। नहरमा पनि खोजी गरेको थियो।

अन्ततः प्रहरीले मोनुलाई हरिद्वारमा फेला पारेर परिवारलाई सुम्पेको छ। मोनुका अनुसार उनी डरका कारण घर छोडेका थिए। उनी स्वभावतः पनि अलि डराउने स्वभाव भएका छन्।

मोनुका बुबा सईद ठेकेदार हुन्, नौ सन्तानमध्ये मोनु कान्छा छोरा हुन्। परिवारका अनुसार विवाह दुवै पक्षको पूर्ण सहमतिमा भएको थियो। दुलहा–दुलही दुवै खुसी थिए। तर अचानक दुलहा बेपत्ता हुँदा सबैलाई स्तब्ध बनाएको थियो। भारतीय सञ्चारमाध्यमको सहयोगमा 

प्रकाशित: १८ मंसिर २०८२ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App