इरानले अमेरिका र इजरायलसँग युद्धविराम नगर्ने स्पष्ट पारेको छ। इरानले अस्थायी युद्धविरामभन्दा युद्धको स्थायी अन्त्य चाहेको बताएको हो।
इरानी विदेशमन्त्री अब्बास अरागचीले जापानी समाचार संस्था ‘क्योडो समाचार’सँगको कुराकानीमा यस्तो धारणा व्यक्त गरेका हुन्। उनका अनुसार, “इरान युद्धविराम चाहँदैन, बरु युद्धको पूर्ण, व्यापक र स्थायी अन्त्य चाहन्छ।”
उनले युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न सक्ने कुनै पनि पहललाई इरानले स्वागत गर्ने बताए। साथै, इरानमाथि जबरजस्ती रूपमा संघर्ष थोपारिएको दाबी पनि उनले गरे।
अरागचीले युद्ध रोक्ने प्रस्तावहरू सुन्न र त्यसबारे विचार गर्न इरान तयार रहेको उल्लेख गर्दै भने, “केही मुलुकहरू मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि प्रयासरत छन्, तर अमेरिका आफ्नो आक्रामकता रोक्न तयार देखिँदैन।”
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य गर्ने सोचमा आफू रहेको बताएका थिए। उनले ‘ट्रुथ सोसल’मार्फत “हामी लक्ष्य हासिलको अत्यन्तै नजिक छौँ” भन्ने अभिव्यक्ति दिएका थिए।
तर हामी यो भिडियोमा विभिन्न कालखण्डमा नेपालमा प्रधानमन्त्रीको भूमिकामा कसले काम गर्यो । उसले त्यो जिम्मेवारी पाउँदा कुन उमेर थियो भन्ने विषय यहाँ देखाउने छौँ ।
प्रकाशित: ७ चैत्र २०८२ १७:१४ शनिबार



