पाकिस्तानमा डिजेल र पेट्रोल सबैभन्दा महँगो भएको छ। सरकारले पेट्रोलको मूल्य ४३% र हाई–स्पीड डिजेलको मूल्य ५५% ले बढाएको छ।
जसअनुसार प्रति लिटर पेट्रोल ४५८ रुपैयाँ (पाकिस्तानी रुपैयाँ) र डिजेल प्रति लिटर ५२० रुपैयाँ पुगेको छ।
अमेरिका र इरानबीच जारी युद्धका कारण विश्वव्यापी कच्चा तेलको मूल्यमा भएको वृद्धिपछि यो निर्णय गरिएको हो। नयाँ दरहरू बिहीबार मध्यरातबाट लागू भएका छन्।
यसअघि कायम भएको पेट्रोलको मूल्यभन्दा अहिले १३७.२३ रुपैयाँले बढेको हो भने डिजेल १८४.४९ रुपैयाँले बढेको हो।
यस्तै, मट्टितेलको मूल्य पनि ३४.०८ रुपैयाँले बढेर ४५७.८० रुपैयाँ प्रति लिटर पुगेको छ।
गत महिना पेट्रोल र डिजेलको मूल्य ५५ रुपैयाँले बढेको थियो। त्यतिबेला पेट्रोलको मूल्य ३२१.१७ रुपैयाँ र डिजेलको मूल्य ३३५.८६ रुपैयाँ थियो।
पाकिस्तानको १०० रुपैँया नेपालको ५४.३२ रुपैँया हुन्छ।
प्रकाशित: २० चैत्र २०८२ १८:३८ शुक्रबार



