गएको दुई हप्तामा अफगानिस्तानमा वर्षाका कारण आएको बाढीमा परी दशौँ हजार प्रभावित भएका छन्।
मार्च २६ देखि अप्रिल -६ सम्म परेको भारी वर्षा र बाढीका कारण विभिन्न प्रान्तकामा असर पर्नुका साथै सयौँ गाउँहरू जलमग्न भएका टोलो न्यूजले संयुक्त राष्ट्र सङ्घलाई उद्धृत गर्दै जनाएको छ। यस प्रकोपबाट ७३ हजार भन्दा बढी मानिस प्रभावित भएको जनाइएको छ।
बाढीका कारण नौ हजार भन्दा बढी घरहरू क्षतिग्रस्त भएको र कृषि बाली तथा जग्गासमेत नष्ट भएको जनाइएको छ। जसले प्रभावित क्षेत्रहरूमा खाद्य सुरक्षाको बारेमा गम्भीर चिन्ता बढाएको छ भने ५०० भन्दा बढी घर पालरवा जनावरको मृत्यु हुँदा खेती तथा पशुपालनमा निर्भर ग्रामीण परिवारहरूको सङ्कट अझै बढेको छ।
प्रकाशित: २७ चैत्र २०८२ १७:१० शुक्रबार



