अन्तर्राष्ट्रिय

इजरायली विमानस्थलमा हुथीको ड्रोन आक्रमण

यमनस्थित हुथी विद्रोहीहरूले आइतबार इजरायलको दक्षिणी भागमा पर्ने रमान अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनमार्फत आक्रमण गरेका छन्। इजरायली सेनाले यस घटनामा विमानस्थलका काँच फुटेको, एक जना व्यक्ति सामान्य घाइते भएको र केही घण्टाका लागि उडानहरू रोकिएको बताएको छ। 

विमानस्थलमा पुगेको क्षति सानो रहेकोले उडानहरू पुनः छिट्टै सञ्चालनमा आए। हुथी विद्रोहीहरूले यस आक्रमणको जिम्मेवारी लिए र यसलाई इजरायलमाथिको आफ्नो सैन्य अभियानलाई तीव्र पार्ने सन्देशका रूपमा व्याख्या गरेका छन्। 

हुथी सैन्य प्रवक्ताले ८ वटा ड्रोन प्रहार गरिएको बताए। उनले इजरायलका विमानस्थलहरू सुरक्षित नभएको चेतावनी दिए।

इजरायली सेनाले केही ड्रोनलाई रोक्न सफल भए पनि यो ड्रोनलाई समयमै नियन्त्रणमा लिन नसकेको कारणहरूको अध्ययन गरिरहेको जनाएको छ। 

हुथी विद्रोही र इजरायलबीच तनाव बढ्दो क्रममा
इजरायलले यमनमा हुथी विद्रोहीहरूको प्रधानमन्त्री अहमद अल–राहावी र अन्य वरिष्ठ अधिकारीहरू मारिएको केही दिनमै हुथी विद्रोहीहरूले इजरायलमाथि आक्रमणहरू तीव्र पार्ने प्रतिज्ञा गरेपछि भएको हो। 

हुथी विद्रोहीहरूले आधुनिक हतियार र क्लस्टर बमको प्रयोग गर्दै इजरायलमाथि आक्रमण गरिरहेका छन्, जसले इजरायली सुरक्षा प्रणालीलाई चुनौती दिइरहेको छ।

गाजा सिटीमा इजरायली आक्रमण तीव्र
इजरायली सेनाले गाजा सिटीमा पनि आफ्नो आक्रमणलाई तीव्र बनाए। आइतबार अल–रइया नामक सात तल्ले भवन ध्वस्त पारिएको, जहाँ विस्थापित फलिस्तीनीहरू बस्दै आए। इजरायली सेनाले उक्त भवनलाई हामासको खुफिया केन्द्र भएको दाबी गरे, तर हामासले यो अस्वीकार गरेको छ।

इजरायली सेनाले स्थानीय नागरिकहरूलाई सुरक्षित दक्षिणतर्फ सर्न अनुरोध गरेको छ। तर धेरै विस्थापितहरू बारम्बार विस्थापनको कारण त्यहीँ बस्न इच्छुक देखिए।

गाजा क्षेत्रमा अहिलेसम्म ६४ हजारभन्दा बढी मानिसहरू मारिएका छन्, जसमा महिला र बालबालिका पनि ठूलो सङ्ख्यामा छन्।

इजरायली सर्वोच्च अदालतको महत्वपूर्ण फैसला
इजरायलको सर्वोच्च अदालतले प्यालेस्टिनी कैदीहरूलाई पर्याप्त भोजन र आधारभूत जीवनयापनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। यो फैसला मानवअधिकार समूहहरूको निवेदनमा आए, जसले कैदीहरूमा कुपोषण भएको उजुरी गरेका छन्। 

यो निर्णयले इजरायलमा युद्ध नीति सम्बन्धी कानुनी पक्षमा महत्वपूर्ण प्रगति मानिएको र अन्तर्राष्ट्रिय रूपमा प्रशंसा प्राप्त गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत इजरायलले आफ्नो शान्ति प्रस्ताव स्वीकार गरेको र अब हामासले पनि सहमति जनाउनुपर्ने बताए। उनले यसलाई आफ्नो ‘अन्तिम चेतावनी’ भने।

तर, इजरायली अधिकारीहरूले यस दाबीको पुष्टि गरेका छैनन्। हमासले अमेरिकाबाट केही प्रस्तावहरू प्राप्त गरेको र युद्ध अन्त्य गर्नका लागि कुनै पहललाई स्वागत गरेको जनाएको छ। तर हामासले पूर्ण इजरायली फिर्ती र गाजाको स्वतन्त्र प्रशासनको मागमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। एपी

प्रकाशित: २३ भाद्र २०८२ १३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App