अन्तर्राष्ट्रिय

प्रशान्त तामाङको निधनमा मुख्यमन्त्री बेनर्जीले भनिन्ः म दुःखी छु

गायक तथा अभिनेता प्रशान्त तामाङको निधनमा भारत पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले दुःख व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले इन्डियन आइडलका लोकप्रिय गायक तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकार प्रशान्त तामाङको असामयिक निधनले दुःखी बनाएको बताएकी हुन् ।  

उनले लेखकी छन्, ‘इन्डियन आइडल’ लोकप्रिय गायक तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकार प्रशान्त तामाङको आज असामयिक निधनले म दुःखी छु । हाम्रो दार्जिलिङ पहाडमा उनको जरा गाडिएको र कोलकाता प्रहरीसँगको एक समयको सम्बन्धले उनलाई बंगालमा हाम्रो लागि विशेष प्रिय बनायो । म उनको परिवार, साथीभाइ र अनगिन्ती अनुयायीहरूप्रति समवेदना व्यक्त गर्दछु ।’ 

प्रशान्तको आज आइतबार ४२ वर्षको उमेरमा निधन भएको हो । 

यो पनि पढ्नुहोस्

छोटो समयमै नेपाल-भारतमा ख्याती कमाएका प्रशान्त

प्रकाशित: २७ पुस २०८२ १८:१२ आइतबार