अन्तर्राष्ट्रिय

भारतमा ग्यासको संकटले बढ्यो कालोबजारी

अमेरिका–इजरायल र इरानबिचको युद्धले छिमेकी राष्ट्र भारतमा ग्यासको संकट निम्त्याएको छ। 

भारतको मध्य प्रदेश, उत्तर प्रदेश, पञ्जाब–चण्डीगढ, हरियाणा र राजस्थान लगायत अन्य राज्यहरूमा बिहानैदेखि ग्यास एजेन्सीहरू र गोदामहरूमा सिलिन्डरका लागि लाइनहरू लागेका छन्।

भारतमा एलपीजी संकटले ग्यास सिलिन्डरको कालोबजारी पनि निम्त्याएको छ। ९५० भारु पर्ने घरेलु ग्यास सिलिन्डर ३,५०० भारुर भारु २००० पर्ने व्यावसायिक सिलिन्डर भारु ५,००० मा बिक्री गरिरहेका छन्।

पञ्जाब र चण्डीगढमा बिहान ४ः३० बजेदेखि नै मानिसहरू ग्यास किन्न लाइनमा बसेका दैनिक भास्करले जनाएको छ। अमृतसर र जालन्धरका ग्यास स्टेशनहरू बाहिर पनि भीड जम्मा भएपछि प्रहरी निगरानीमा सिलिन्डरहरू वितरण गरिँदैछ।

एलपीजी संकट बढ्दै गएपछि साना केटाकेटी र वृद्धवृद्धा सबैजना घण्टौंसम्म लाइनमा पर्खिरहेका छन्। आठ घण्टासम्म चर्को घाममा उभिँदा पनि सिलिन्डरहरू उपलब्ध भएको छैन। ५०,००० भन्दा बढी होटल र रेस्टुरेन्टहरूले छ दिनदेखि व्यावसायिक सिलिन्डरहरू नपाएका बताइएको छ। होटल व्यवसायीहरुले पनि मेनुमा मूल्य बढाउन थालेका बताइएको छ।

यसैगरी, भारतले  पेट्रोलियम मन्त्रालयले प्राकृतिक ग्यास (पीएनजी) जडान गरेकाहरुलाई एलपिजी उपलब्ध नगराउने जनाएको छ।  

यस्तै, सरकारले बढ्दो मागका कारण, शहरहरूमा लक–इन अवधि २५ दिनमा बढाएको छ भने ग्रामीण क्षेत्रहरूमा सिलिन्डर बुकिङ अन्तर ४५ दिनको बनाएको छ।

प्रकाशित: १ चैत्र २०८२ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App