अन्तर्राष्ट्रिय

हसिनाको मृत्युदण्डको विरोधमा आज बंगलादेश बन्द

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित अवामी लिग पार्टीले उनलाई सुनाइएको मृत्युदण्डको विरोधमा आज देशव्यापी बन्दको आह्वान गरेको छ। अवामी लिगले ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसिटी) को फैसलालाई पूर्ण रूपमा अस्वीकार गरेको छ।

पार्टीले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस र मन्त्रीहरूको तत्काल राजीनामा माग गरेको छ। अवामी लिग नेता जहाँगीर कबीर नानकले पार्टीको फेसबुक पेजमा एक भिडियो जारी गर्दै निर्णयलाई पक्षपाती र राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।

नानकले अदालतको प्रक्रियामाथि पनि प्रश्न उठाए। उनले मुद्दा १४ अगस्टमा सुरु भएको र फैसला १७ नोभेम्बरमा सुनाइएको, अदालतले दुई महिनाको अवधिमा २० दिन मात्र मुद्दाको सुनुवाइ गरेको, ८४ साक्षीहरू मध्ये केवल ५४ जनाको बयान सुनुवाइ भएको, प्रधानन्यायाधीश एक महिना अनुपस्थित रहे, तैपनि फैसला सुनाइएको र हत्याको आदेश दिएको आरोपमा हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको आरोप लगाएका छन्।

हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हत्यालाई उक्साएको र हत्याको आदेश दिएको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो। आईसिटीले उनलाई पाँचवटा मुद्दामा अभियोग लगाएको थियो। बाँकी मुद्दामा उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो।

न्यायाधीकरणले जुलाई २०२४ मा भएको विद्यार्थी विरोध प्रदर्शनका क्रममा भएका हत्याकाण्डको मास्टरमाइन्ड शेख हसिनालाई घोषित गर्‍यो। अर्का अभियुक्त पूर्व गृहमन्त्री असदुज्जमान खानलाई पनि हत्याको दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाइयो। सजाय घोषणा हुँदा अदालतले ताली बजायो।

तेस्रो अभियुक्त, पूर्व आईजीपी अब्दुल्लाह अल-मामुनलाई पाँच वर्षको जेल सजाय सुनाइएको थियो। मामुन अझै पनि हिरासतमा छन् र उनी साक्षी बनेका छन्। अदालतले हसिना र असदुज्जमान कमलको सम्पत्ति जफत गर्ने आदेश दियो। फैसलापछि, बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले हसिनालाई भारतबाट देश निकालाको माग गरे। एजेन्सी

प्रकाशित: २ मंसिर २०८२ ०९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App