अन्तर्राष्ट्रिय

वैवाहिक विवादमा एक अर्काका निजी तस्बिर र भिडियो अदालतमा पेस गरेपछि...

एआई तस्बिर

भारतको एक अदालतले वैवाहिक विवादमा निजी तस्बिरहरूलाई हतियारको रूपमा प्रयोग नगर्न भनेको छ। 

दिल्ली उच्च अदालतले वैवाहिक मुद्दाका क्रममा पति-पत्नीका व्यक्तिगत तस्बिर र अन्तरंग सामग्रीलाई हतियारको रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ। 

अदालतले यस्ता सामग्रीलाई अलग्गिएका दम्पतीबीच एकअर्कालाई अपमानित गर्ने प्रतिस्पर्धाको माध्यम बनाउन नहुने बताएको हो। अदालतले उक्त टिप्पणी पतिले श्रीमतीको निजी तस्बिर र भिडियो अदालतमा पेस गरे र त्यसको बदलामा पत्नीले पनि पतिका केही आपत्तिजनक तस्बिर र भिडियो पेस गरेपछि दिएको हो। यी दम्पतीले सन् २०२२ मा विवाह गरेका थिए।

सन् २०२३ मा श्रीमतीले पति र उनका परिवारका सदस्यहरूबाट क्रूरता र उत्पीडन भएको भन्दै घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन्। त्यसपछि पतिले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका थिए।

त्यसपछि श्रीमतीले उच्च अदालतमा निवेदन दिँदै पतिले ह्वाट्सएप च्याटमा डाक्टरसँग सेयर गरेका आफ्ना केही अन्तरंग तस्बिरहरू अदालतमा पेस गरेर गोपनीयताको अधिकार हनन गरेको बताएकी थिइन्। महिलाले पतिले सन् २०१५ को उच्च अदालतको आदेश उल्लंघन गरेको पनि बताएकी थिइन्, जसमा वैवाहिक विवादका क्रममा संवेदनशील वा निजी तस्बिरहरू पेस गर्नुअघि पारिवारिक अदालतको अनुमति लिनुपर्ने व्यवस्था छ।

प्रकाशित: २० असार २०८३ १६:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App