अन्तर्राष्ट्रिय

अल्बानियामा भूकम्प : कम्तीमा १३ जनाको मृत्यु, १५० घाइते

तिरान – अल्बानियामा मंगलबार बिहान गएको भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ।
भूकम्पका कारण ६ सय भन्दाबढी घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्। भूकम्प ६.४ म्याग्निच्युडको भएको जनाइएको छ।

मृत्यु भएकामध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच तला माथिबाट हाम फालेको एक सैन्य अधिकारीले बताएका छन्। अर्का एक महिला र एक पुरुषको शव देशको राजधानी तिरानको उत्तरी क्षेत्रमा पर्ने थुमानमा भेटिएको थियो। घाइते भएकाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्री ओगेर्टा मानास्तेर्लिले जानकारी दिएका छन्।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको र भूकम्पका कारण भग्नावशेषमा परिणत भएका क्षेत्रमा खोजी तथा उद्धारको काम भइरहेकाले मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले जानकारी दिएका छन्।
 

 

प्रकाशित: ११ मंसिर २०७६ ०१:५० बुधबार

भूकम्प