अन्तर्राष्ट्रिय

चालिसभन्दा बढी रूसी बमवर्षक विमान नष्ट गरेको युक्रेनको दाबी

फाइल तस्बिर

 युक्रेनले रूसी हवाई सेनामाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमणमा ४० भन्दा बढी बमवर्षक विमान ध्वस्त पारेको दाबी गरेको छ।

युक्रेनी सुरक्षा सेवा (एसबीयु) ले रूसका रणनीतिक बमवर्षकहरू सामूहिक रूपमा ध्वस्त भइरहेको दाबी गरेको हो ।  

युक्रेनले रुसका बमवर्षक विमानहरू ध्वस्त पार्ने विशेष अभियान नै सञ्चालन गरिरहेको दाबी गर्दै ठूलो संख्यामा विमान नष्ट पारेको बताएको हो ।

उनीहरूले इरकुत्स्क ओब्लास्टको बेलाया एयरबेसमा ड्रोन आक्रमण भइरहेको भिडियोसमेत सार्वजनिक गरेका छन्, जहाँ विस्फोट र धुवाँ देखिएको छ।

यसका साथै, रूसको मुरमान्स्क नजिकको ओलेन्या एयरबेसमा पनि आक्रमण भएको खबर छ। रूसी सञ्चार माध्यमहरूले मुरमान्स्कको आक्रमणको पुष्टि गर्दै हवाई सुरक्षा प्रणालीले काम गरिरहेको बताएका छन्।

यसैबीच, युक्रेनी अधिकारीहरूले गतराति रूसले युक्रेनमाथि ४७२ वटा ड्रोन र सात वटा ब्यालिस्टिक तथा क्रूज मिसाइल पठाएको दाबी गरेका छन्। यो रूसी पक्षबाट अहिलेसम्मको सबैभन्दा ठूलो एकल हवाई हमला मानिएको छ। युक्रेनले तीमध्ये ३८५ हवाई लक्ष्यहरू नष्ट गरेको बताएको छ।

प्रकाशित: १८ जेष्ठ २०८२ १८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App