स्वास्थ्य

नेपाल चिकित्सक संघले आज देशव्यापी उपचार सेवा ठप्प पार्नेसहितका आन्दोलन गर्दै

नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र स्थानीय प्रशासनको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

संघले मंगलबार घोषणा गरे अनुसार बुधबार (आज) देखि देशव्यापी रूपमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा ठप्प पारिएका छन्।

घटना घटेको लामो समय बितिसक्दा पनि दोषीमाथि कानूनी कारबाही नभएको र उल्टै स्थानीय प्रशासनले वार्ताका क्रममा चिकित्सकहरूप्रति अपमानजनक व्यवहार देखाएको भन्दै चिकित्सकहरू आन्दोलित बनेका छन्। संघले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने तथा उपत्यकाबाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत दबाब दिने कार्यक्रम पनि अघि बढाएको छ।

यो पनि पढ्नुहोस्

नारायणी अस्पतालका ७१ चिकित्सकले दिए सामूहिक राजीनामा

सुरक्षा र आत्मसम्मानको माग गर्दै गरिएको यस आन्दोलनका कारण मंगलबारदेखि नै देशैभरका अस्पतालहरूमा ओपीडी सेवा प्रभावित भएको छ। सरकारले उपचार सेवा बन्द नगर्न भनेर गरेको अपिललाई संघले अस्वीकार गरेको छ। 

प्रकाशित: १३ श्रावण २०८३ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App