शिक्षा

जेन जी प्रदर्शनमा ज्यान गुमाएकाको शोकमा भोलि र पर्सी विद्यालय बिदा

प्रदर्शनमा सहभागी ।

जेन जी पुस्ताले सोमबार गरेको प्रदर्शनका क्रममा भएको दमनमा परी ज्यान गुमाएकाको शोकमा काठमाडौं उपत्याका निजी विद्यालयमा शोक बिदा दिइएको छ ।  

भोलि र पर्सि (मंगलबार र बुधबार) दुई दिन शोक मनाउने निर्णय भएको एन प्याप्सन नेपालका अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए ।  

प्याप्सन र एन प्याप्सनको संयुक्त बैठकले दुई दिन शोक मनाउने निर्णय गरेको न्यौपानेले बताए । 

प्रकाशित: २३ भाद्र २०८२ २१:१८ सोमबार