शिक्षा

मौसमलाई ख्याल गर्दै विद्यालय बन्द गर्न पाख्रीबास नगरको आग्रह

हिउँदे र स्थानीय बिदा कट्टा हुनेगरि छुट्टी दिइने

सांकेतिक तस्बिर

धनकुटाको पाख्रीबास नगरपालिकाले चक्रवात (मोन्था) को प्रभावले केही दिन भारी वर्षा हुने सम्भावना देखिएकाले जोखिम मध्यनजर गरेर विद्यालय बन्द गर्न अनुरोध गरेको छ ।  

बिहीबार नगर प्रमुख ज्ञानबहादुर गुरुङले एक सूचना जारी गर्दै मंगलबारसम्म विद्यालय बन्द गर्न अनुरोध गरेका हुन् ।  

नगर प्रमुख गुरुङले विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार हिउँदे र स्थानीय बिदा कट्टा हुनेगरि विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ ।  

जल तथा मौसम विज्ञान विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात (मोन्था) को प्रभाव छ । जसको प्रभाव शनिबारसम्म रहने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित: १३ कार्तिक २०८२ २०:०६ बिहीबार