शिक्षा

आँबुखैरेनीले बाँड्याे सात लाखको छात्रवृत्ति

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमअनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सात लाख ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ।

गाउँपालिकाले ७५ विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरेको हो। रामशाह माध्यमिक विद्यालयका ४०, मित्रता माध्यमिक विद्यालयका ३० तथा अन्य स्थानमा अध्ययनरत पाँच  विद्यार्थीलाई प्रतिविद्यार्थी  १० हजार रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत शर्मिला अधिकारीले बताइन्।

शिक्षा क्षेत्रको विकास गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेको उनले बताइन्। विद्यार्थीलाई अध्ययनमा थप उत्साह मिलोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको अधिकृत अधिकारीले बताइन्। आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने सोचका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ। 

प्रकाशित: २ चैत्र २०८२ १३:५२ सोमबार