शिक्षा

त्रिविका पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा निषेध

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूलाई प्रवेशमा निषेध गरेका छन् ।

उपकुलपतिसहितका तीन जना पदाधिकारीलाई क्रान्तिकारीका विद्यार्थीहरूले प्रवेशमा निषेध गरेका हुन् ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयमा विभिन्न समूहले लगाएको ताला भने खुलेको छ। आंशिक प्राध्यापक सङ्घर्ष समितिले तालाबन्दी खोलेको थियो। त्यसपछि नेविसंघले समेत तालाबन्दी खोलेको थियो भने आज अखिल क्रान्तिकारीले ताला खोलेको हो।

फास्ट ट्र्याक मार्फत प्रोफेसर नियुक्तिको विरोध, विद्यार्थी भर्ना खोल्नुपर्ने लगायतका मागहरू राखेर आंशिक प्राध्यापक, नेविसंघ र अखिल क्रान्तिकारीले छुट्टाछुट्टै रूपमा ताला लगाएका थिए । उपकुलपति कार्यालय, रेक्टर, रजिस्ट्रार कार्यालय तथा त्रिवि सेवा आयोगको कार्यालयमा ताला लगाएका थिए ।

सर्वोच्चले तत्काल ताला खोल्नु र खोलाउन वा नलगाउनु भन्ने आदेश जारी गरेको थियो। 

प्रकाशित: २२ असार २०८२ १४:४२ आइतबार

#Tribhuwan university #nagariknerws