अर्थ

ताप्लेजुङका १० सहकारी संस्थालाई विवरण बुझाउन तागेता

कोशी प्रदेश सहकारी रजिष्ट्रर तथा प्रशिक्षण कार्यालयले ताप्लेजुङका १० वटा सहकारी संस्थाहरूलाई ३५ दिन भित्र विवरण बुझाइसक्न परिपत्र गरेको छ । 

प्रदेश रजिष्ट्रर भूपेन्द्र खनालद्वारा जारी गरिएको पत्रमा प्रदेश सहकारी ऐन २०७६ को दफा ६० को उपदफा १ बमोजिम बुझाउनुपर्ने विवरण लगातार दुई वर्षसम्म नबुझाएकोले भदौ १५ का मितिले ३५ दिन भित्र विवरण नबुझाए कानुन अनुसार गर्ने चेतावनी दिइएको छ। 

प्रदेश सहकारी रजिष्ट्रर तथा प्रशिक्षण कार्यालयले विवरण बुझाउन समयावधि दिइएका सहकारीहरूमा क्रमशःफुङलिङस्थित पाथीभरा चिया उत्पादक सहकारी संस्था,जनमुखी सरोकार कृषि सहकारी संस्था,लक्ष्मी बचत तथा ऋण सहकारी संस्था,श्रमिक कृषि सहकारी संस्था,सल्लेरी बचत तथा ऋण सहकारी संस्था,पञ्चकन्या शिक्षक बचत तथा ऋण सहकारी संस्था र चिमाल ग्रामीण विद्युत् सहकारी संस्था रहेका छन् । 

यस्तै मेरिङदेनस्थित काँडेदह ग्रामीण विद्युत् सहकारी संस्था र सिरिजङ्गास्थित सुक्कुतुम्बे सिकैचा फावाखोला विद्युत् सहकारी संस्था र जनआस्था कृषि सहकारी संस्था रहेका छन् । प्रदेश सहकारी रजिष्ट्रर तथा प्रशिक्षण कार्यालयले ताप्लेजुङसहित कोशी प्रदेशका १४ वटै जिल्लाका विवरण बुझाउन बाँकी रहेका र तागेता गरिएका सहकारी संस्थाको नाम ठेगाना सार्वजनिक गरेको छ ।

प्रकाशित: १७ भाद्र २०८२ १६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App