नेप्से परिसूचकमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स १।५७ अंक, फ्लोट इण्डेक्स ०.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ।
नेप्सेसँगै बिहीबार कारोबार रकममा पनि बुधबारको तुलनामा झण्डै ३ अर्बले घटेको छ। बिहीबार ३४९ स्टकको ४४ हजार ४१२ पटकको कारोबारमा ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँबराबरको १ करोड २३ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार ७ अर्ब ४३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।
कारोबारमा आएको १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य ५.०९ प्रतिशत र चिरख्वा हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको आँखु खोला जलविद्युत कम्पनीको १८ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको साढे १४ करोड र घलेम्दी हाइड्रोको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये बिहीबार एक उपसमूहको परिसूचक बढेको छ बाँकी सबै १२ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित: १९ कार्तिक २०८३ १५:५२ बिहीबार



