अर्थ

२६ अङ्कले घट्यो नेप्से, साढे तीन अर्बमाथि कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव २९ अङ्कले ओरालो लागेर दुई हजार ६२७ दशमलव ११ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५३ अङ्कले ओरालो लागेर ४५६ दशमलव २७ मा पुगेको छ।

कूल ३५६ कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता शेयर तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ मूल्यमा खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र–२०८४, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट, आँखु खोला जलविद्युत् कम्पनी र ग्लोबल आइएमई बैंकको डिवेञ्चर कारोबारका आधारमा शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

यस्तै, स्नो रिभर लिमिटेड, सानिगाड हाइड्रो, कालङ्गा हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक र एसबिएल डिवेञ्चरका लगानीकर्ताले कमाएका छन्।

यस्तै, थ्री स्टार हाइड्रोपावर, नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर, एनआइबिएल स्टेवल फण्ड र उपकार लघुवित्तका लगानीकर्ताले भने गुमाएका छन्।

प्रकाशित: २२ असार २०८३ १५:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App