भोटेकोशी बाढी प्रभावितका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाले ३४ लाख बढी रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ।
फुङलिङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुका अनुसार ३४ लाख ११ हजार ६ सय ६० रुपैयाँ ८७ पैसा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।
पनेरुका अनुसार जनप्रतिनिधिको तर्फबाट एक लाख ७३ हजार ४ सय ९० रुपैयाँ, कर्मचारीको तर्फबाट ८ लाख १९ हजार ६ सय ५० रुपैयाँ र शिक्षक तथा विद्यालय कर्मचारीको तर्फबाट २४ लाख १८ हजार ५ सय २० रुपैयाँ ८७ पैसा जम्मा गरिएको हो।
प्रकाशित: १३ कार्तिक २०८३ २१:२५ शुक्रबार



