माबिलुङ्ग इनर्जी लिमिटेड(एमएबीईएल)को शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेले कम्पनीलाई एमएबीईएल स्टक टिकर दिएको छ।
आईपीओ बाँडफाँट भएको करिब साढे २ महिनापछि कम्पनीको ३८ लाख ५८ हजार २४० कित्ता शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो। सर्वसाधारण शेयरधनीहरुमा १८ लाख ९० हजार ५३० कित्ता र संस्थापक शेयरधनीहरुमा १९ लाख ६७ हजार ७१० कित्ता गरी कुल ३८ लाख ५८ हजार २४० कित्ता शेयर गत भदौ ८ गते बाँडफाँट भएको थियो।
कम्पनीको शेयर मंगलबार स्पेशल प्रि-ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०५ रुपैयाँ ९० पैसादेखि ३१७ रुपैयाँ ७० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।
प्रकाशित: १७ कार्तिक २०८२ १६:१० सोमबार