अर्थ

धान बिक्रीका लागि सरकारले किसानलाई कुपन वितरण गर्ने

सरकारले धान किन्ने प्रक्रिया अघि बढाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबीचको समन्वयमा सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।  

दुई मन्त्रालयबीच भएको समन्वयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महेन्द्रनगर शाखाले किसानबाट मोटा धान खरिद गर्ने भएको हो । यसैसँगै नियमित रुपमा अन्य जिल्लामा पनि खरिद गर्ने छ । महेन्द्रनगर शाखामार्फत धान खरिद प्रक्रिया अघि बढाइएको हो । यसका साथै निरन्तर रुपमा अन्य जिल्लामा पनि धान किन्ने प्रक्रिया अघि बढाइने छ ।

कम्पनीले महेन्द्रनगर शाखा कार्यालय परिसरबाट कात्तिक १९ र २० गते किसानलाई धान बिक्रीका लागि कुपन वितरण गर्ने जनाएको छ ।  

कुपनमा उल्लेख गरिएको मितिमा किसानले कम्पनीको मापदण्डअनुसारको मोटा धान महेन्द्रनगरस्थित कम्पनीको गोदाममा ल्याउनुपर्नेछ ।  

धान तौलने कार्य कात्तिक २७ गतेदेखि सार्वजनिक बिदाबाहेकका दिनमा सञ्चालन गरिने कम्पनीले जनाएको छ । धान बिक्री गर्न चाहने किसानले अनिवार्य रूपमा पहिले कुपन लिनुपर्नेछ । कम्पनीले किसानलाई तोकिएको मिति र आवश्यक कागजातसहित धान बिक्रीका लागि उपस्थित हुन आग्रह गरेको छ ।

कृषि तथा वन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच गत असोज २१ गते भएको भेटवार्तामा किसानको धान खरिदलगायतका विषयमा छलफल भएको थियो ।

प्रकाशित: १७ कार्तिक २०८३ १७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App