धनुषाको बटेश्वर गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई रु. २० लाख ३० हजार ५५४ प्रदान गर्ने भएको छ।
गाउँपालिकाको विपद् कोष तथा जनप्रतिनिधि र कर्मचारीको तलबबाट कट्टा गरी उक्त रकम गर्ने निर्णय पालिकाले गरेको हो।
गाउँपालिकाले विपद् कोषबाट रु. पाँच लाख, जनप्रतिनिधिको तलबभत्ताबाट रु. एक लाख एक हजार १७८, कर्मचारीको तलबबाट रु. पाँच लाख ४८ हजार ७६८ तथा शिक्षक र विद्यालय कर्मचारीको तलबबाट रु. आठ लाख ८० हजार ६०८ गरी रु. २० लाख ३० हजार ५५४ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने जनाइएको छ।
प्रकाशित: २६ भाद्र २०८३ ०९:०७ शुक्रबार



