अर्थ

सुनको मूल्य ८०० रुपैयाँ बढ्यो

फाइल तस्बिर

नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य ८०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

योसँगै सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो। बुधबार सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १९ श्रावण २०७९ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App