अर्थ

जीवन बीमाद्धारा एक महिनामा १४५ करोड बीमा शुल्क आर्जन

मुलुकका जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष ०७६/०७७ को जेठ महिनामा करिब एक अर्ब २५ करोड रुपैयाँ प्रथम बीमा शूल्क संकलन गरेका छन्।  

नियामक निकाय बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष ०७६/०७७ को वैशाख मसान्तसम्म १९ वटा जीवन बीमा कम्पनीले २१ अर्ब ५३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए।  

समितिका अनुसार यी जीवन बीमा कम्पनीले जेठ मसान्तसम्म कबिर २२ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।  जसअुनसार वैशाखको तुलनामा जेठ मसान्तसम्म प्रथम बीमा शुल्क करिब एक अर्ब ४५ करोड रुपैयाँले बढेको हो।  

समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०७६/७७ को जेठ मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ भने सबैभन्दा कम प्रभु लाइफ इन्स्योरेन्सले गरेको छ।  

त्यसैगरी, सो अवधीमा २ जीवन बीमा कम्पनीले २ अर्ब रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् भने ३ जीवन बीमा कम्पनीले १ अर्ब रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन्।  

चालु आवको ११ महिनाको अवधीमा  १३ वटा जीवन बीमा कम्पनीले १ अर्ब रुपैयाँ भन्दा कम बीमा शुल्क आर्जन गरेको समितिले जनाएको छ।  

समितिका अनुसार चालु आवको जेठ मसान्तसम्म नेपाल लाइफ इन्स्योरेन्सले ६ अर्ब ८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ।  उक्त बीमा शुल्क रकम अन्य कम्पनीको तुलनामा बढी हो।  

त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल)ले सोही अवधीमा २ अर्ब ३३ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ भने युनियन लाइफ इन्स्योरेन्सले २ अर्ब ११ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको समितिले जनाएको छ।  

समितिका अनुसार सो अवधीमा तीन वटा जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन्।  

चालु आवको जेठ मसान्तसम्म नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ६७ करोड रुपैयाँ, एशियन लाइफले १ अर्ब २८ करोड रुपैयाँ, मेट लाइफले १ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्।  

त्यसैगरी, एक अर्ब रुपैयाँ भन्दा कम बीमाशूल्क आर्जन गर्नै कम्पनी मध्ये रिलायबल लाइफले ९१ करोड रुपैयाँ, ज्योति लाइफले ८८ करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले ८२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।  

सो अवधीमा सिटिजन लाइफले ८० करोड रुपैयाँ, प्राइम लाइफले ७७ करोड रुपैयाँ र सूर्या लाइफले ७३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको समितिले जनाएको छ।  

त्यसैगरी, रिलायन्स लाइफले ६५ करोड रुपैयाँ, आइएमई लाइफले ५७ करोड रुपैयाँ र  सन नेपाल लाइफले ४८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्।  

सोही अवधीमा सानिमा लाइफले ४६ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ४३ करोड रुपैयाँ र गुराँस लाइफले ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।  

समितिका अनुसार चालु आवको जेठ मसान्तसम्म सबै भन्दा कम प्रभु लाइफले ३८ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ।  

 

प्रकाशित: १७ असार २०७७ १२:४२ बुधबार

बीमा