अर्थ

साइप्रस र पोल्यान्डमा रोजगारी

विज्ञान अधिकारी, काठमाडौं असार १-

विश्व आर्थिक मन्दीले खाडी देशमा कामदारको माग कम भए पछि रोजगार व्यवसायी विकसित मुलुकमा रोजगा खोजीमा लागेका छन्।
मन्दीले नेपाली कामदार लिने मुख्य देश मलेसिया कतार युनाईटेड अरब इमिरेट्सयुएईमा माग घटेपछि व्यवसायी विकसित मुलुकमा रोजगाका अवसर खोजीमा लागेका हुन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार म्यानपावर एजेन्सी विकसित मुलुक पोल्याण्ड साईप्रस अल्जेया पपुवान्युगिनी अष्ट्रेलिया लगायतका देशमा नेपाली कामदार पठाउने तयामा जुटेका छन्। साइप्रस कामदार पठाउन इन्टरनेशनल जब लिंकले वैदेशिक रोजगार विभागमा स्विकृतीको लागि आवेदन दिएको छ।

यो म्यानपावर कम्पनीले तीन साता अघि कामदार पठाउन स्विकृतीको लागि आवदेन दिएको हो। "साइप्रसमा पठाउन अन्तिम स्विकृतीका लागि आवदेन आएको छ," विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले नागरिकसँग भने, "हामीले सबै प्रक्रिया सकेर श्रम तथा यातायात मन्त्रालयमा पठाइसकेका छौं।"

साइप्रस युरोप नजिकको मुलुकमा हो। मन्त्रालयले प्रवद्र्धन खर्च अधिकतम र न्यूनतम खर्चको बारेमा स्विकृती दिएपछि विभागले अन्तिम स्विकृती दिने प्रावधान छ। श्रममन्त्री नियुक्ती नभएकाले साइप्रस श्रम स्विकृतीमा ढिलाई भएको हो।


यूरोपेली मुलुक पोल्याण्ड पठाउन पायोनियर ओभसजले स्विकृतीको लागि विभागमा आवदेन दिएको छ । कम्पनीका प्रवन्ध निर्देशक सुक बहादुर गुरुङका अनुसार पहिलो चरणमा पक्षणको रुपमा कामदार पठाउन लागिएको हो । पोल्याण्डमा कृषि क्षेत्रमा कामदार पठाउन लागेको हो। डे स्ट्रबे कुलो खेतीमा नेपाली कामदराका मात्र छ ।


"पहिलो चरणमा तीस जना कामदार पोल्याण्ड जानेछन्," गुरुङले भने, "१५ पुरुष र १५ महिलालाई पठाउने तयामा छौं।" कामदारले मासिक ४ सय अमेरिकी डलर पाउँछन् । उनले बस्न सुविधा भएपनि खान भने कामदार आफैले तिनुपर्ने जानकारी दिए। "ओभरटाइम सहित कामदारले मासिक ८ सय अमेरिकी कमाउँछन्।" गुरुङका अनुसार कामदारले प्रत्येक घण्टाको ओभरटाइम दुई डलर कम्पनीले दिन्छ। पोल्याण्ड गएका कामदारले पहिलो वर्ष पोल्याण्ड बाहिर जान पाउनेछैनन् । दोश्रोवर्ष आवासीय भिषा लिएपछि सेन्जेन मुलुकमा भ्रमण गर्न पाउँछन्।

उनले पोल्याण्ड जानको लागि कामदारले १ लाख ७० हजार रुपैयाँ तिर्नुपर्ने बताए । गुरुङले औद्योगिक क्षेत्रमा समेत कामदारको माग रहेको जानका दिए । पोल्याण्ड कृषि क्षेत्रमा ठुलो सम्भावना बोकेको युरोपेली मुलुकमा पर्छ । सन् २००४ मेमा पोल्याण्ड युरोपेली संघको सदस्यता पाएको हो । यसको बार्षिक १३ हजार ७ सय ९९ डलर प्रतिव्यक्ति आय छ । पोल्याण्डमा अहिलेसम्म थाइल्याण्ड र युक्रेनका कामदार गइरहेका छन्। "जाडो बढी भएकोले थाइल्याण्ड र युक्रेनी कामदार टिक्न सकेनन्" उनले भने "त्यसपछि हामीले नेपाली कामदार पठाउन पहल गरेका हौं।"

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष एवं एसओएस म्यानपावरका प्रवन्ध सन्चालक सोमलाल बटाजुले अल्जेया प्यूपान्युगिनी र अष्ट्रेलियाका कामदार पठाउन आफ्नो कम्पनीले पहल गरिरहेको जानका दिए । "हामीले यो मुलुकमा कामदार पठाउन पहल गरिरहेका छौं," उनले भने, "मन्दीले खाडी र मलेसियाको रोजगामा कमी आएपछि विकसित मुलुकमा कामदार पठाउन खोजी गरेका हौ।"

बटाजुका अनुसार यहांबाट माग आएपछि औपचारिक रुपमा विभागमा स्विकृतीको लागि दिनेछौ। उनले यी मुलुकमा निर्माण क्षेत्रमा कामदारको बढी माग रहेको बताए। "यी मुलुकका अदक्ष अर्धदक्ष र दक्ष सबै स्तरका कामदारको माग छ," उनले भने।

उनले विकसित मुलुकमा नेपाली कामदार पठाउन व्यवसायीले अन्य क्षेत्रमा पहल समेत गरिरहेको बताए ।
व्यवसायीले यसअघि लिभियामा कामदार गईसकेका छन्। केही महिना अघि मात्र सरकारले लिभिया कामदार पठाउने अनुमति दिएको थियो। लिभियामा निर्माण क्षेत्रमा नेपाली कामदार गइरहेका छन्। एकमहिना अघि मात्र खुल्ला गरेको लिभियामा ४ सय भन्दा बढी कामदार त्यसतर्फ गइसकेको विभागले जनाएको छ। लिभियामा जाने कामदारले खान बस्न सहित तीनसय डलर पाउँछन्।

प्रकाशित: १ असार २०६६ ००:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App