अर्थ

नेपाल मेडिसिटीमा अब्स्टेट्रिक क्रिटिकल केयर वर्कसप

काठमाडौं– स्त्री तथा प्रसूती रोग विशेषज्ञको अब्स्टेट्रिक क्रिटिकल केयर वर्कसप नेपाल मेडिसिटीमा सम्पन्न भएको छ।

नेपाल सोसाइटी अफ अब्स्टेट्रिसियन तथा गाइनोकोलोजिस्टहरुको १५औं राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा प्रि–कन्फरेन्स वर्कसपमा नेपालका विभिन्न स्थानबाट करिब ६० जना स्त्री तथा प्रसूती रोग विशेषज्ञको सहभागिता रहेको थियो।कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले स्वास्थ्यलाई संस्कृतिको रुपमा विकास गरी प्रत्येक नेपालीले आफू र सबैलाई स्वस्थ्य बनाउनुपर्ने बताएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ जेष्ठ २०७५ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App