अर्थ

राष्ट्रिय वाणिज्य बैंकको लहान शाखाको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहान नगरपालिका ६ गणेश चोकमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नवनिर्मित भवनको उद्घाटन गरेका छन्।

कार्यक्रममा मुख्यमन्त्री यादवले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले बैंकसँग सहकार्य गर्ने जनाउँदै बैंक मार्फत किसानलाई अनुदान समेत दिन तयार रहेको बताए। यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अहिले बैंकको कर्जाको ब्याजदर सबैभन्दा कम रहेको जनाउँदै व्यवसायीहरूलाई राष्ट्रिय वाणिज्य बैंकसँग व्यावसायिक कारोबार गर्न आग्रह गरेका छन्।

उनले विपन्न वर्गको सशक्तिकरणका लागि विना धितो कर्जा दिने, वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिने उल्लेख गर्दै बैंकले प्रदान गर्ने आधुनिक डिजिटल बैंकिङ सेवाका लागि सबै किसिमले उपयुक्त हुने गरी शाखाको आफ्नै भवन निर्माण गरिएको बताए।

प्रकाशित: १० आश्विन २०८० ०२:३१ बुधबार

राष्ट्रिय वाणिज्य बैंक मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव