अर्थ

राष्ट्र बैंकले बैक नोटको ब्रिकेट/ सेडेड टुक्रा बिक्रीको लागि आव्हान

नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटबाट बनाएको ब्रिकेट सेडेड टुक्रा  बिक्रीको लागि बोलपत्र आव्हान गरेको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले पैसाबाट बनेको ब्रिकेट खरिदको लागि पुस १५ गते सिलबन्दी दरभाउ प्रस्तावको आव्हान गर्दै सुचना प्रकाशित गरेको छ ।  

केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग तथा उपत्यका बाहिरका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका प्रादेशिक कार्यालयले उत्पादन गरेको ब्रिकेट बिक्रीमा राखेको हो।राष्ट्र बैंकले कुल २ लाख ७५ हजार केजी ब्रिकेट बिक्रीमा राखेको छ। ब्रिकेट खरिदको लागि सिलबन्दी बोल पत्र मार्फत आवेदन गर्न सकिने छ।इच्छुक व्यक्ति तथा संस्थाले आफूले हाल्ने मूल्य सहित ४५ दिनभित्र अर्थात फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्। 

प्रकाशित: १७ पुस २०७९ १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App