प्रवास

तान्जानियाको जेलमा परेका ६ जना नेपाली मुक्त

काठमाडौं-तान्जानिया अध्यागमनले पक्राउ गरेका ६ जना नेपाली छुटेका छन्। एनआरएन तान्जानियाको सक्रियतामा आज उनिहरु हिरासतबाट धरौटीमा मुक्त भएका हुन्।हिरासत मुक्त उनीहरुलाई आबस्यक प्रक्रिया पुर्याइ पुन सोमबार अध्यागमन कार्यालयमा लागि कागजात मिलाई फिर्ताको प्रकिया पुरा गर्ने एनआरएन तान्जानियाका महासचिब सर्बेश जोशीले बताए। उनीहरुको धरौटी बापत एनआरएन तान्जानियाले एक हजार

अमेरिकी डलर अध्यागमन कार्यालयमा जम्मा गरेको र उनीहरुलाई होटेल मा आबाश र खानाको ब्यबस्था गरेको छ। हिरासत मुक्त हुनेमा बासुदेव तिमिल्सेना लगायत ६ जना रहेको एनआरएन अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाले जानकारी दिए।

प्रकाशित: ११ माघ २०७० ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App