'पोर्टमा भिडन्त भएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले एयर एम्बुलेन्स पठाएको छ,' मन्त्रालयका प्रवक्ता अहमद ओमरले भने।
शनिबार फौजदारी अदालतले पोर्ट हिंसामा संलग्न रहेका २१ लाई मृत्युदण्डको सजाय सुनाएको थियो। गत फेब्रुअरीमा फुटबल मैदानमा भएको हिंसामा परी ७० जनाको मृत्यु भएको थियो। दोषी ठहर गरिएकाका आफन्तले जेलमा नै आक्रमण गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो।
प्रकाशित: १३ माघ २०६९ २३:०९ शनिबार



