कला/साहित्य

नेपाली फिल्ममा कसरी बढ्दैछ नाफा ?

चलचित्र विकास बोर्डले बक्स अफिस विवरण सार्वजनिक गरेको छ।

साउन एक गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौंथली’ लगायत चार चलचित्रको बक्स अफिस विवरण सार्वजनिक गरेकोछ।  ‘गौंथली’ ले गत आइतबार राति १२ बजेसम्म २५ करोड पाँच लाख ६५ हजारको व्यापार गरेको छ। भने नौ लाख नौ हजार चार सय २६ ले हेरेका छन्। कपिल रिजालको निर्देशनमा बनेको यो चलचित्रमा सिम्रन खड्का र अरुण क्षेत्रीको मुख्य भूमिका रहेको छ।

छौपडि कुप्रथाविरुद्धलाई केन्द्रमा राखेर बनाइएको चलचित्र ‘हली’ साउनदेखि प्रदर्शनमा आयो। यसले अहिले सम्म २२ लाख ९६ को व्यापार गरेको छ। भने आठ हजार तीन सय ८५ जनाले हेरेका छन्। ओम प्रतिकको निर्देशनमा बनेको यो चलचित्रमा वरिष्ठ कलाकार सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडी लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।

हालै साउन २९ देखि प्रदर्शनमा आएको ‘लज्जावती’ ले चलचित्र विकास बोर्डको अनुसार सात लाख ६८ हजारको व्यापार गरेको छ। भने दुई हजार छ सय ९६ ले हेरेका छन्। राजबहादुर सानेको निर्देशनमा बनेको यो चलचित्रमा अभिनेता श्रीकृष्ण निरौला, मुकुन भुसाल, अभिनेत्री मेनुका माझी, जानुका विश्वकर्मा, विनोद श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ।

वरिष्ठ कलाकार निर शाहको निर्देशन रहेको  ‘कमला मिस’ को व्यापार अन्य भन्दा कमजोर देखिएको छ। साउन २२ गतेदेखि प्रदर्शनमा आएको ‘कमला मिस’ ले योही अवधिमा दुई लाख ६१ हजारको व्यापार गरेको छ, भने ७१८ जनाले मात्र हेरेका छन्। यसमा निर शाह सँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) र सञ्जय खतिवडा लगायतका कलाकारहरूको अभिनय छ।

प्रियांका कार्कीको ‘मास्टर्नी’ को बक्स अफिस विवरण भने अर्को सता आउने छ।

प्रकाशित: ८ भाद्र २०८३ १२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App