कला/साहित्य

‘गंगा रानी’ बाट ठुलो पर्दामा डेब्यु गर्दै रोशन केसी

कलाकार रोशन केसी चलचित्र ‘गंगा रानी’ बाट ठुलो पर्दामा डेब्यु गर्ने भएका छन्।

करिब पाँच सय आवेदकमध्ये केसी चलचित्रका लागि छनौट भएका हुन्। यसअघि उनले म्युजिक भिडियोहरुमा काम गरिसकेका छन्।

उनी चलचित्रमा मुख्य भूमिकाका लागि छनौट भएका निर्माण पक्षले जनाएको छ। रोशन वर्षा सिवाकोटीको जोडीको रूपमा देखिने भएका छन्।

निर्देशक राजबहादुर सानेका अनुसार बाँकी ३ अभिनेता र ३ अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

सानेकै लेखन तथा निर्देशन रहने चलचित्र आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने चलचित्रको निर्माता कमलप्रसाद शर्मा हुन्। उक्त चलचित्रको छायांकन आगामी भदौको दोस्रो साताबाट सुरु गर्ने तयारी रहेको निर्माण पक्षले जनाएका छन्।

प्रकाशित: २ असार २०८३ १४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App