कला/साहित्य

सुस्मितालाई प्रियंकाको जवाफ : हामीले गीतको मौलिकता मारेका छैनौँ

अभिनेत्री प्रियांका कार्कीले चलचित्र ‘मास्टर्नी’को ‘गुराँस फुल्दा’ गीतबारे प्रतिक्रिया दिएकी छिन्। पूरानो गितको रिक्रिएसन गरेको भन्दै चर्को आलोचना भएपछि उनले यसबारे बोलेकी हुन्।

बलिउडको उदाहरण दिँदै उनले भनिन्, ‘राम्रै गीतहरुको रिक्रिएट हुने हो। ख्याल गर्नु पर्ने कुरा के हो भन्दा पुरानो गीतहरुको मौलिकता मार्नु भएन।’

यसअघि अभिनेत्री सुस्मिता केसीले उक्त गीतलाई लिएर असन्तुष्टि व्यक्त गरेकी थिइन। उनले नयाँ गीत र मौलिक गीत समाजिक सञ्जालमा सेयर गर्दै दर्शकको वर्षौदेखि मनमा रहेको छाप कहिल्यै फेरिँदैन भन्दै प्रियंकालाई कटाक्ष गरेकी थिइन्।

यसअघि चलचित्रको प्रमोशनल गीत ‘म्याथ सिक्ने भए..’ पनि विवादमा परेको थियो।

प्रकाशित: २ भाद्र २०८३ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App