कला/साहित्य

‘हामी तीन भाइ’ मा अंशको विवाद

चैत १३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘हामी तीन भाइ’ को ट्रेलर सार्वजनिक भएको छ। सोमबार साँझ सार्वजनिक भएको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पारेको छ।

ट्रेलरको सुरुवातमा तीन भाईको एक अर्का सँगको माया र आत्मसाथलाई देख्न सकिन्छ। बाबुआमाको भनाइलाई आत्मसाथ गर्दै अगाडी बढेका तीनै भाइ खेतबारी होस् या कुनै काम, मिलेर गर्छन्।  तीन दाजुभाइको रुपमा विनोद न्यौपाने, कुशल विष्ट र फलित राई चित्राइएको छ।

मिलेर बसिरहेका परिवारमा दाजुभाइको विवाहपछि परिवारमा दरार र झगडा भएको देखाइएको छ। टे«लरले परिवारमा निम्त्याएका अंशवण्डा र अशंका लागि गरिएका अनेक संघर्ष तथा चलाखिलाई समेटेको छ।

मधुसूदन भट्टराई निर्देशित चलचित्रमा मुख्य कलाकार विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, जाहान्वी बस्नेत, फलित राई, आश्मा गिरी, राजाराम पौडेल, रवीन्द्र झा लगायतको अभिनय छ।

चलचित्रमा लक्ष्मी वर्देवा, विनोद न्यौपाने, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईँ शुष्मा निरौला, यादव देवकोटा ,अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, खिन्न बहादुर भण्डारी, गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जनलगायतको अभिनया छ।

चलचित्रको पटकथा तथा संवाद शिव अधिकारीले लेखेका हुन्। नृत्य कमल राई, द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन्। उक्त चलचित्रलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ।

प्रकाशित: ३ चैत्र २०८२ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App