कला/साहित्य

ओम प्रकाशले ल्याए राष्ट्रिय गीत ‘नेपाल आमा’

ओम प्रकाश राईले आफ्नै शब्द-संगीतमा ‘नेपाल आमा’ राष्ट्रिय गीत ल्याएका छन्। उक्त गीतलाई गायक पुष्कर सुनुवारले स्वर दिएका छन् भने गीतकाे एरेञ्ज पनि उनै सुनुवारले नै हुन्। गीतको मिक्सिङ तथा मास्टरिङ विप्लप अधिकारीले ओसियन म्युजिक रेकर्डिड स्टुडियोमा गरेका हुन्।

पेमा शेर्पा राई र पवित्रा गुरुङले कोरस भोकल दिएको यस गीतमा राज रुम्बा, रुपेश लामा, सञ्जु मोक्तान, सुनिता वाइवा, अर्जुन घिमिरे, नवराज श्रेष्ठ, ओसियन राई, अन्जिला चौधरी र ओप्सना राईलाई कलाकारकाे भूमिका निर्वाह गरेका छन्।

गीतको छायांकन अभिनाश श्रेष्ठले गरेका छन् भने सम्पादन प्रगति सुब्बाले गरेका हुन्। रंग संयोजन ओम प्रसाईंको छ। निर्देशन ओम प्रकाश राईले गरेका हुन्।

प्रकाशित: १३ आश्विन २०८२ १२:३७ सोमबार