शारीरिक तन्दुरुस्तीका लागि बिहान एक डेढ घन्टा हिड्ने मेरो बानी छ। यो मेरो वर्षौंदेखि चलिरहेको नियमित कार्य हो। त्यसै क्रममा एकदिन बिहान हिंड्डुल गरेर घर के आइपुगेको थिएँ , सयपत्री फूल र ग्रीन प्लान्ट बिच शास्त्रार्थ चलिरहेको रहेछ।
सयपत्री फूल - तिमीले कहिल्यै घामको मुख देख्न पाउँदैनौ हगि! हामी त जाडोमा कति पहार ताप्छौं।
ग्रीन प्लान्ट - बर्खामा असिनापानीको चोट खाएर छियाछिया पनि त बन्छौ नि! हामीलाई त हाइसुख छ।
सयपत्री फूल - संघर्षले त बलियो बनाउँछ नि। त्यही भएर त तिमी कमजोर छौ।
ग्रीन प्लान्ट - अनि के भो त! जे जस्तो भए पनि हामी त मालिकको बैठक कोठामा ठाँटले बस्न पाएका छौं। तिमीलाई सधैं करेसाबारीमा बस्न परेको छ।
सयपत्री फूल - करेसाबारीमा भएर के भो त! आस्थाले मन्दिरभित्र पुग्ने हामी नै हो।
प्रकाशित: ९ श्रावण २०८३ ०८:१० शनिबार



