कला/साहित्य

अभिनयतर्फ लम्किँदै गायक तथा संगीतकार खेम सेन्चुरी

गायक तथा संगीतकार खेम सेन्चुरी चलचित्र ‘बसन्ती’ माफर्त अभिनयमा डेब्यु गर्ने भएका छन्। शुक्रबार आज बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो।

२०५७ सालमा ‘बसंती’ नामक चलचित्र निर्माण भइसकेको छ, जसका नीर शाहले निर्देशन गरेका थिए। अब भने प्रदर्शनको २६ वर्षपछि सोही नाममा नारायण रायमाझीले नयाँ चलचित्र निर्माण गर्न लागेका हुन्।

निर्माता तथा निर्देशक नारायण रायमाझीले यसअघि ‘गोर्खापल्टन’, ‘परदेशी’ र ‘परदेशी २’ निर्देशन गरेका थिए । ‘बसंन्ती’ भने उनको चौथो चलचित्र हो।

असोज ३ गते भोलि शनिबारदेखि सिनेमाको काठमाडौं सेड्युलको छायांकन सुरु गरिने निर्देशक रायमाझीले बताए। काठमाडौं, पाल्पा, जनकपुर र बुटवलसँगै भारतका विभिन्न स्थानमा चलचित्र छायांकन गरिने निर्माण पक्षले जनाएको छ।

‘बसन्ती ’मा मोडल टेरिया फौजा मगर संगीतकार खेम सेन्चुरीको  जोडीको रुपमा देखिनेछन्। साथै सुशील पोखरेल, तारा शर्मा, संगीता थापा, सुजन सिंह खड्का, आकाश सुहाङ, प्रशंसा शिवाकोटी, विकास राना, मनोज खड्का, बिजया पौडेल, हरि अधिकारीलगायत कलाकारको अभिनय रहनेछ।

निर्देशक रायमाझीले नै लगानीकर्ता हुन, भने  कथा रमेश बिजिले लेखेका हुन्।  

प्रकाशित: २ आश्विन २०८३ १५:१७ शुक्रबार