कला/साहित्य

दाम नहुँदा फेरिंदो रहेछ माया!

गीत

उस्तै हुन् भन्छन्, छायाँ र माया

किन हुन्छ माया, दायाँ र बायाँ?

सुन र नुनमा भुल्दछ मान्छे

गुन र बैगुन भुल्दछ मान्छे

घाम नहुँदा हराउँछ छायाँ

किन हुन्छ माया, दायाँ र बायाँ?

सुर र धुनमा मिल्दैन लय

आफ्नै छायाँसँग लाग्दछ भय

दाम नहुँदा फेरिँदो रहेछ माया

किन हुन्छ माया, दायाँ र बायाँ?

प्रकाशित: १० माघ २०८२ १२:४२ शनिबार