कला/साहित्य

समाजसेवी डा. विजयालक्ष्मी श्रेष्ठ तथा साहित्यकार उमा सुवेदी पुरस्कृत

सीता-बालमुकुन्द पोख्रेल प्रतिष्ठान, काठमाडौँले समाजसेवी डा. विजयालक्ष्मी श्रेष्ठ र साहित्यकार उमा सुवेदीलाई पुरस्कृत गरेकाे छ।

साहित्यकार सुवेदीलाई नेपाली आख्यान साहित्यमा विशिष्ट योगदान गरेबापत पुरस्कृत गरिएकाे हाे। त्यस्तै समाजसेवी डा. विजयालक्ष्मी श्रेष्ठलाई समाजसेवा तर्फकाे पुरस्कार अर्पिएकाे हाे।

नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका

उपकुलपति विमल निभाले जनही २५ हजार २२५ नगद राशि र सम्मानपत्रकाे साथ सुवेदी र श्रेष्ठलाई पुरस्कार अर्पिएकाे प्रतिष्ठानका अध्यक्ष सुरेश गाउँलेले बताए।

श्रेष्ठ चार दशकदेखि समाजसेवामा सक्रिय छिन् भने सुवेदी कथा र उपन्यास विधामा कलम चलाउँछिन्। कवि प्रज्वल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा पत्रकार एवं समालोचक राजकुमार बानियाँले पुरस्कृत व्यक्तित्वबारे चर्चा गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानकी प्रमुख संरक्षक एवं पूर्वाञ्चल बालसेवा आश्रमकी संस्थापक अध्यक्ष सीता पोख्रेलको पनि समुपस्थिति थियो।

२०८१ मा स्थापित प्रतिष्ठाले यसअघि कवि कुन्ता शर्मा र समाजसेवी श्याम अधिकारी (हिँडपाली साइँलो) लाई पुरस्कृत गरिएकाे थियाे।

प्रकाशित: १८ वैशाख २०८३ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App