कला/साहित्य

डिगोमा नेपाली फिल्मदेखि लाइभ स्पोर्ट्ससम्म

नेपाली ओटीटी प्लेटफर्म डिगोले नेपाल तथा प्रवासमा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्मको संग्रह विस्तार गरेको छ। डिगोमा मासिक २४९ रुपैयाँको सदस्यता लिएर ‘मन बिनाको धन’, ‘लालीबजार’ र ‘माइतीघर’ लगायतका फिल्म हेर्न सकिनेछ। छिट्टै ‘जनै हराएको मान्छे’ र ‘सोल्टिनी’ पनि उपलब्ध हुने प्लेटफर्मले जनाएको छ।

एउटै सदस्यतामार्फत नेपाली फिल्म, लाइभ स्पोर्ट्स, रियालिटी शो तथा जियोहटस्टारका फिल्म र सिरिजसमेत हेर्न सकिने डिगोले जनाएको छ। यसमा चर्चित दक्षिण भारतीय फिल्मसँगै ‘बिग बोस’, ‘इन्डिया का टप १ पर्सेन्ट’ र ‘कफी विथ करण’ जस्ता लोकप्रिय कार्यक्रम पनि उपलब्ध छन्।

प्रवासमा रहेका नेपाली दर्शकलाई सहज रूपमा मनोरञ्जन सामग्री उपलब्ध गराउने उद्देश्यले फिल्मको संग्रह विस्तार गरिएको डिगोले जनाएको छ। प्लेटफर्ममा हरेक साता नयाँ नेपाली फिल्म थप्ने तयारीसमेत गरिएको छ।

प्रकाशित: ७ कार्तिक २०८३ १६:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App