कला/साहित्य

‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ का लागि निबन्ध आह्वान

विद्यालय तहका विद्यार्थीलाई हास्यव्यङ्ग्य साहित्यमा प्रोत्साहन दिने उद्देश्यले स्थापित ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार’ का लागि निबन्ध माग गरिएकाे छ।

बाङ्गा अक्षरले ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार - २०८३ का लागि बाङ्गा अक्षर हास्यव्यङ्ग्य निबन्ध आह्वान गरेकाे हाे।

उक्त पुरस्कार खाइराइड हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहका निबन्धकार राजेन्द्र कार्कीले स्थापना गरेका हुन्।

खाइराइड हास्यव्यङ्ग्य पुरस्कार चार जनालाई प्रदान गरिनेछ। पुरस्कारको राशि प्रथम २० हजार,  द्वितीय फ१०हजार र तृतीय (दुई जना) – जनही ५ हजार) रूपैयाँ रहेकाे छ।

प्रतियोगितामा भाग लिन १२ कक्षासम्मका जुनसुकै देशका नेपालीभाषी विद्यार्थीले भाग लिन सक्नेछन्। भाग लिने विद्यार्थी कुन कक्षामा पढ्दै गरेको भन्ने जानकारीका लागि विद्यालयको प्रधानाध्यापकले लेखिएको सिफारिस पत्र निबन्धसँगै पठाउनुपर्ने छ।

हास्य र व्यङ्ग्यको सन्तुलनसहित निबन्ध मौलिक हुनुपर्ने, निबन्ध बढीमा १५०० शब्दको हुनुपर्ने, निबन्ध देवनागरी लिपिमा टाइप गरेर पठाउनुपर्ने छ।

निबन्ध जुनसुकै विषयमा पनि लेख्न सकिन्छ। निबन्धले प्रवृत्तिप्रति व्यङ्ग्य गरको हुनुपर्ने तर कुनै व्यक्ति, जात, धर्म, वर्ण, सम्प्रदाय र लिङ्गलाई व्यङ्ग्य गालीगलौज नगरिएको हुनुपर्ने छ।

एकप्रति फोटो र छोटो व्यक्तिगत विवरणसहित निबन्ध आश्विन १४, २०८३ सम्ममा bangaakshar@gmail.com मा पठाउनुपर्नेछ।

निबन्ध पठाउँदा MS WORD फाइलमा पठाउनुपर्ने र प्रतियोगितामा सहभागी विद्यार्थीहरूले हास्यव्यङ्ग्य लेखनलाई निरन्तरता दिनेछन् भन्ने  बाङ्गा अक्षरले अपेक्षा राखेको छ।

धेरैभन्दा धेरै विद्यार्थीलाई यो प्रतियोगितामा भाग लिन प्रेरित गरिदिन अभिभावकहरू, साहित्यानुरागी र सम्बद्ध सम्पूर्णमा बाङ्गा अक्षर अनुरोध गरेकाे छ।

आफ्ना सम्पर्कमा रहेका विद्यालय र विद्यार्थीहरूमाझ यो सूचना उपलब्ध गराइदिनसमेत बाङ्गा अक्षर अनुराेध गरेकाे छ।प्रतियोगिताका लागि प्राप्त भएका निबन्धहरू बाङ्गा अक्षरद्वारा नियुक्त निर्णायक मण्डलले अध्ययन गरेर उत्कृष्ट रचनाहरू पुरस्कारका लागि सिफारिस गर्नेछ। पुरस्कार एक कार्यक्रम आयोजना गरी अर्पण गरिने छ।

प्रकाशित: २२ श्रावण २०८३ ०९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App