हामी र हाम्रो कृति समाजले सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तकसङ्ग्रह लोकार्पण गरेकाे छ।
हामी र हाम्रो कृति समाजका आजीवन सदस्य कर्ण दयाल ‘सोराडी’ को अध्यक्षता र नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष मुक्तककार वियोगी बुढाथोकीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
प्रमुख अतिथि तथा नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष मुक्तककार वियोगी बुढाथोकीले समाजले मुक्तककाे विधागत उन्नयनमा पुयाएकाे याेगदानप्रति खुसी व्यक्त गरेका थिए।
त्यसैगरी लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा, हातेमालो साहित्य संगमका अध्यक्ष सुनिल अधिकारी, नरेन्द्र भित्रकोटी लगायतले शुभकामना प्रस्तुत गरेका थिए।
समालोचक प्राडा गोविन्द मानसिंह कार्कीले लाेकार्पित मुक्तकसङ्ग्रह ‘प्रेमपत्र’ काे समीक्षात्मक टिप्पणी गरेका थिए
मुक्तककार सरस्वती भित्रकोटीले कृति प्रकाशन र लोकार्पणका लागि हामी र हाम्रो कृति समाजप्रति आभार व्यक्त गरेकी थिइन्।
संस्थाका अध्यक्ष मदनप्रसाद नेपालले संस्थाले गर्ने भावी कार्यक्रमबारे संस्थाकाे कुरा सुनाएका थिए।
संगीता खरेलकाे सञ्चालन र हामी र हाम्रो कृति समाजका संस्थापक सचिव बद्री उप्रेतीकाे स्वागत मन्तव्य रहेकाे कार्यक्रममा मानन्धर अभागी, तिलक गाउँले, शशीश्री आचार्य, प्रमुना दाहाल, दलबहादुर नेपाली, निना श्रेष्ठ, नानु राणा थापा, डिल्ली भुषाल, कृष्णकुमार वैद्य, नम्रता उप्रेती, बद्री उप्रेती, गीता अर्याल, सुजन डोटेल, नारायण विश्वकर्मा, रामेश्वर केसी, लव खड्का, रनबहादुर बुढाथोकी र उदयराज भण्डारीले लाेकार्पित कृतिबाट र आफ्ना रचना वाचेका थिए।
प्रकाशित: १५ मंसिर २०८२ ०९:११ सोमबार



