कला/साहित्य

उपेन्द्र सुब्बाको चलचित्र ‘बखत्ते’ को शुभमुहूर्त, मुख्य भूमिकामा विपिन र मिरुना

आशिष तामाङ र प्रदीपजी धामीले नयाँ चलचित्र निर्देशनको घोषणा गरेका छन्।

आन्भी फिल्म्सको प्रस्तुति रहने कबड्डी फिल्म्सको सहयकार्य रहने चलचित्र ‘बखत्ते’को शुक्रबार ललितपुर अवस्थित महालक्ष्मी मन्दिर परिषरमा शुभमुहूर्त गरिएको हो।

यो चलचित्रलाई निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गर्ने भएका छन्। चलचित्र ‘बखत्ते’ मा उनैको लेखन रहेको छ।

चलचित्रको मुख्य भूमिकामा विपिन कार्की र मिरुना मगर छन्। यस्तै, यस सिनेमामा शिशिर बाङ्देल, अनुराग कुँवर, विनोद न्यौपाने, अनिल सुब्बा, शारदा गिरी, उषा किरण अधिकारी, मिस्री थापा, सुगम दुलाल, सहिष्मा खड्का, अनिशा काफ्ले र बालकलाकार रिन्जेन लामालगायतको अभिनय रहनेछ।

‘मैले लामै समय लिएर बखत्ते निर्देशन गर्न लागेको छु। यो कथा चाहिँ दर्शकले रुचाउनु हुनेछ भन्ने लागेको छ,’ निर्देशक सुब्बाले भने, ‘इमान्दार भएर कथा लेखेको छु, सिनेमा पनि इमान्दार भएर बनाउनेछु। आशा छ, दर्शकले पनि मन पराउनु हुनेछ।’ सुब्बाको पछिल्लो निर्देशन ‘जारी २’ हो।

आशिषएच तामाङ र प्रदीपजी धामी निर्माता रहेको चलचित्रमा कार्यकारी निर्माता युवराज काफ्ले छन्। सह–निर्मातामा अञ्जु पाण्डे र पुष्कर घिमिरे छन्।

पुरुषोत्तम प्रधानको छायांकन रहने चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नेछन्। साउन्ड डिजाइन उत्तम न्यौपानेको रहनेछ।

चीफ आरओमा फिरोज खड्का र किरण चाम्लिङ राई छन्। हेड अफ प्रोडक्सनमा दिलीप पन्त छन्। प्रोडक्सन म्यानेजरमा रबिन बखरेल रहेका छन्।

चलचित्रमा शुसान्त गौतम, प्रशान्त सिवाकोटी र समीर खरेलको संगीत रहनेछ। गीत युवराज काफ्ले र दानबहादुर कार्कीको रहनेछ।

मेकअप तथा हेयरः स्वस्तिका श्रेष्ठ (स्वस्तिका स्टुडियो)को रहनेछ । पोस्टररपब्लिसिटी डिजाइनरमा रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) छन्।

मुभिज डिजिटेनमेन्ट डिजिटल पार्टनर रहेको सिनेमाको वितरण काठमाडौंमा एप्पल इन्टरटेनमेन्टले गर्नेछ भने काठमाडौं बाहिर कुबेर सिने डिस्ट्रिब्युसन्सले गर्नेछ।

प्रकाशित: २ आश्विन २०८३ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App