चर्चित भारतीय अभिनेता राकेश वेदीले सोमबार बिहान पशुपतिनाथ दर्शन गरेका छन्।
उनले पत्नी र सहयोगीसहित पशुपतिनाथमा विशेष पूजा गरेका हुन्।
चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचारका लागि वेदी आइतबार काठमाडौं आएका थिए।
दुई दिनको भ्रमणमा आएका वेदीले सोमबार दिउँसो मण्डला थिएटरमा सांस्कृतिक आदानप्रदानसम्बन्धी कार्यक्रममा सहभागिता जनाउने छन्।
वेदी करिब पाँच दशक देखी टेलिभिजन तथा चलचित्रमा आफ्नो योगदान दिँदै आएका छन्। उनको पछिल्लो चलचित्र ‘धुरन्धर २’ ले नेपालमा सफल व्यापार गरेको थियो। यो चलचित्रमा वेदीले ‘जमील जमाली’ नामक प्रभावशाली पात्र निर्वाह गरेका छन्।
प्रकाशित: २५ जेष्ठ २०८३ १३:३४ सोमबार



